Meeting with Health Minister and keeping demand regarding Public Health Professionals

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूप्रति हार्दिक आभार******
नेपाल जनस्वास्थ्य संघका तर्फबाट माननीय मन्त्रीज्यूलाई ३ बुदे माग राखि ज्ञापन पत्र पेस गरियो।
१. स्वास्थ्य प्रवर्द्धनात्मक अस्पताल Health Promoting Hospital मा न्यनतम् जनस्वास्थ्य अधिकृत / जनस्वास्थ्य प्रवर्द्धक (७/८) को दरबन्दीको सुनिश्चितता,
२. क्षयरोग उन्मुलनको लागि स्थानीय तहहरुमा “क्षयरोग मुक्त अभियान संयोजक” जनशक्ती सहित कार्यक्रमको निरन्तरता,
३. सबै स्थानीय तहहरुमा न्युनतम् जनस्वास्थ्य अधिकृतको (७/८) पद सिर्जना गरी यथासिघ्र लोकसेवाबाट पदपुर्ति हुने व्यवस्था
माननीय मन्त्रीज्यूले आगामी आ.व बाट लागू हुने गरी सबै संघीय अस्पताल र सबै स्थानीय तहहरुमा स्थापित स्वास्थ्य प्रवर्द्धनात्मक अस्पतालहरुमा जनस्वास्थ्य अधिकृत पदहरु रहने गरी लागू गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
त्यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका श्रीमान सचिवज्यूले नेपालमा जनस्वास्थ्य क्षेत्रको विकास आवश्यक रहेको हुँदा ज्ञापन पत्रले ध्यानाकर्षण भएको विषय जानकारी गर्नुभयो।