नेपाल जनस्वास्थ्य संघले वर्षौं देखी उठाएको “एक पालिका, एक जनस्वास्थ्य अधिकृत” को पैरबी साकार हुने गरी भएको निर्णयका लागि माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीज्यूलाई हार्दिक धन्यवाद ब्यक्त गर्र्दै र हाल अनलाइन पत्रपत्रीका मार्फत प्रकाशित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरुमा प्रस्ताव गरिएको जनस्वास्थ्यका जनशक्तिको सम्बन्धमा माननीय मन्त्रीज्यू र सचिव ज्यूहरुलाई नेपाल जनस्वास्थ्य संघका तर्फबाट ध्यानाकर्षण पत्र पेस गरिएको छ ।